
काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३४.३१ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १४४.८८ रुपैयाँ रहेको छ भने बिक्रीदर १४५.५३ रुपैयाँ रहेको छ ।
त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७०.४६ रुपैयाँ रहेको छ भने बिक्रीदर १७१.२३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८७.१० रुपैयाँ रहेको छ भने बिक्रीदर ८७.४९ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिददर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्रीदर ३५.७९ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २९.७३ रुपैयाँ रहेको छ भने बिक्रीदर २९.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया