५ असार २०८३, शुक्रबार

फुटसल प्रतियोगिता गर्दै दारी ग्याङ

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरु समूह दारी ग्याङले आफ्नो पहिलो फुटसल टुर्नामेन्टका लागि टिम दर्ता फारम खुलाएको छ ।

दारी ग्याङले पहिलो पटक गर्न लागेको फुटसल प्रतियोगिता भदौ १४ र १५ गते काठमाडौंमा हुनेछ । प्रतियोगितामा देशभरीका ३२ टिमले लिग चरण र त्यसपछी नकआउट चरणमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

दारी ग्याङका सक्रिय सदस्य तथा दारी ग्याङ फुटसल व्यवस्थापन समितिका सदस्य निरोजकुमार भट्टराईकाअनुसार प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँको साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले ३० हजार रुपैयाँका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

‘परोपकारको लागि खेलकुद’ शीर्षकमा आयोजना हुने यो प्रतियोगिता सम्पन्न भएपछि बाँकी रहेको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरिने दारी ग्याङका केन्द्रीय सदस्य तथा फुटसल व्यवस्थापन समितिका सदस्य महेश्वर घिमिरेले जानकारी दिनुभयो ।

दारी ग्याङ नेपाली सामाजिक सञ्जालमा निकै सक्रिय सदस्य रहेको युवाहरुको समूह हो । विगतमा यो समूहले धेरै सामाजिक कार्य गर्दै आएको र भर्खरै दारी ग्याङ युकेको आर्थिक तथा सुहास डेन्टल केयरको प्राविधिक सहयोगमा नुवाकोट लिखु गाँउपालिका-६ को एक विद्यालयमा निःशुल्क दन्त शिविर आयोजना गरेको थियो । दारी ग्याङले निरन्तर रक्तदान कार्यक्रमदेखि अन्य क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको समूहका केन्द्रीय सदस्य प्रवीण ज्ञवालीले जानकारी गराउनुभयो ।

दारी ग्याङ फुटसल प्रतियोगिताको दर्ता फारम प्रदेश तथा जिल्ला संयोजकमार्फत उपलब्ध हुने बताइएको छ ।