
काठमाडौं, १४ साउन । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराति सम्पन्न दोस्रो खेलमा भारतले डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो ।
श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछ्याउने तयारी गरेको भारत वर्षाले खेल अवरुद्ध भएपछि भारतलाई ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य दिइएको थियो । यस लक्ष्य भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
यो जितपछि भारतले ३ खेलको सिरिज २-० ले एक खेल अघि नै जितेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने तालिका छ ।
हाल श्रीलंका टुरमा रहेको भारतले यस सिरिजपछि एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।









प्रतिक्रिया