८ असार २०८३, सोमबार

वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले पब्जी टुर्नामेन्टको आयोजना गर्ने भएको छ ।

ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर कलेजले यही जुलाई २८, २९ र ३० तारिखको दिन कलेज हातामा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा हालसालै सकिएको कक्षा १२, ए लेभल वा सीबीएसईको परीक्षामा सामेल भएका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । प्रवेश शुल्क नराखिएको यस प्रतियोगितामा सहभागी हुनको लागि खेलाडीहरुले व्यक्तिगत तरिकाले फर्म भर्नुपर्ने छ । अनलाईन फर्म कलेजको सामाजिक संजालहरुमा उपलब्ध रहेको कलेजले जनाएको छ ।

प्रतियोगिताको पहिलो दिन ओरियन्टेशन र त्यसपछि विभिन्न चरणका खेलहरु हुनेछ । प्रतियोगिताको गेमिङ पार्टनर टेनेट्स रहेको छ । विजेताहरुले ८० हजार रुपैयाँको प्राइज पुलबाट नगद पुरस्कार प्राप्त गर्नेछन् भने विजेता तथा सहभागीहरुले कलेजमा आकर्षक छात्रावृत्तिसमेत प्राप्त गर्नेछन् ।