
काठमाडौं, ८ साउन । जारी महिला एसिया कपअन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुँदैछ ।
यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।
त्यस्तै, समूह ‘ए’अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार अपराहन्न २ः१५ बजेदेखि सुरु हुँदैछ । प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने युएईले दुवै खेलमा हार बेहोरेको छ ।
एसिया कप खेल्ने नेपाली टिमः
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कविता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।









प्रतिक्रिया