३१ जेष्ठ २०८३, आइतबार

नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

नेपाल, भुटान, भारत र श्रीलंला सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित कुल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो ।

त्यस्तै, भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोस्रो, श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको छ ।

आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो । गएको वर्ष काठमाडांैमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो ।