२२ जेष्ठ २०८३, शुक्रबार

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ ।

आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाउनु भएको थियो भने रुबिना क्षेत्रीले १० रन बनाउनु भयो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

युएईका लागि खुशी शर्माले सर्बाधिक ३६ रन बनाउनु भएको थियो भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाउनुभयो ।

त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्बाधिक ३ विकेट लिनुभयो भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिनुभएको थियो ।

अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दैछ ।