२१ असार २०८३, आइतबार

नेदरल्याण्डसलाई हराउँदै इग्ल्याण्ड युरोकपको फाइनलमा

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । इग्ल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इग्ल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

१-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औं मिनेटमा इग्ल्याण्डका ओली वाटकिन्सले गोल गर्दै इग्ल्याण्डलाई फाइनलमा पुर्‍याएका हुन् । यसअघि खेलको सातौं मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितसँगै इग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ । यसअघि २०२० मा सम्पन्न युरोकपको फाइनलमा इग्ल्याण्ड इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

अब फाइनलमा इग्ल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्ने छ । फाइनल खेल आइतबार राति हुनेछ ।