
काठमाडौं, २३ असार । नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा पुगेको छ ।
गएराति सम्पन्न जारी युरोकपको क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
नेदरल्याण्डसको जितमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए भने एक गोल टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै, टर्कीका लागि एक गोल सामेल अकायदिनले गरेका थिए । १-० गोलले अगाडि रहेको टर्कीले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो । यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा टर्कीका बेर्टङ ओज्गर यिल्डिरिमले रातो कार्ड पाएका थिए ।
यो जितपछि नेदरल्याण्डसले अब सेमिफाइनलमा इग्ल्याण्डको सामना गर्ने भएको छ ।
त्यस्तै, अर्को सेमिफाइनलआमा स्पेन र फ्रान्स खेल्ने भएका छन् ।
त्यस्तै, यो हारसँगै टर्कीको युरोकप यात्रा समाप्त भएको छ ।









प्रतिक्रिया