
काठमाडौं, २१ असार । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ ।
क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त गरेको हो ।
क्यानले आफ्नो निर्णयमा भनेको छ- ‘संघबाट सञ्चालन हुने विभिन्न गतिविधिहरु सम्बन्धि जानकारी एवंम् सूचनाहरु विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आधिकारिक रुपमा प्रवाह गर्नका लागि संघका सदस्य श्री छुम्बी लामालाई संघको प्रवक्तामा मनोनयन गर्ने निर्णय गरियो ।’









प्रतिक्रिया