१५ असार २०८३, सोमबार

क्यानको केन्द्रीय कार्यसमिति बैठक बस्दै, विश्वकप समीक्षा मुख्य एजेण्डा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

आज बिहान ११ बजे काठमाडौंको एक होटेलमा बस्ने गरी बैठक आह्वान गरिएको हो । बैठकमा झण्डै एक दर्जन बढी एजेन्डाहरु तय गरिएका छन् । बैठकमा नेपाली क्रिकेट टिम वेस्ट इन्डिज र अमेरिकामा आयोजना भएको आइसीसी टी-२० विश्वकपको समीक्षा, विश्वकपको तयारी खर्च अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ ।

यसैगरी, सन्दीप लामिछानको भिसा समस्याको एजेन्डा पनि तय गरिएको बताइएको छ । सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । दुई पटक अन्तर्वार्ता दिँदा पनि भिसा अस्वीकृत भएको थियो ।

यसैगरी, पहिलो संस्करण आयोजना गरेर निकै विवादित बनेको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण आयोजनाका बारेमा पनि आजको बैठकमा छलफल हुने बुझिएको छ । टियु मैदानमा रहेको जिम हल विस्तार र पीचको माटो भण्डारण क्षेत्रको विषयमा पनि छलफलका एजेन्डा तय गरिएको छ ।

यसैगरी, मूलपानी मैदानको क्युरेटिङ कन्सलटेन्ट नियुक्ति सम्बन्धमा पनि छलफल हुनेछ भने राष्ट्रिय छनोट समितिको सुविधाका विषयमा पनि छलफलको एजेन्डामा तय गरिएको छ । महिलाको टी-२० एसियाकपको सहभागिताका साथै कर्मचारीहरुको प्रशासनिक नियमावली पनि पारित गर्ने एजेन्डामा समावेश गरिएको छ ।