१६ असार २०८३, मंगलबार

विश्वकप विजेता भारतीय टोली स्वदेश फिर्ता

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । टी-२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली स्वदेश फिर्ता भएको छ ।

बार्बाडोसमा फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको भारतीय टोली त्यहाँ आएको आँधीका कारण निर्धारित समय भन्दा ढिला गरी भारत आइपुगेको हो ।

विश्वकप विजेता भारतीय टोलीलाई भारत ल्याउनका लागि बीसीसीआईले चार्टर्ड विमानको व्यवस्था गरेको थियो । भारतीय टोलीका खेलाडीहरु स्वदेश फर्किए पछि उनीहरुको विमानस्थलमै समर्थकहरुले भव्य स्वागत गरेका छन् ।

भारतीय टिम विशेष उडान बिहान पौने ७ बजे दिल्ली एयरपोर्टमा अवतरण भएको थियो । खेलाडीलाई स्वागत गर्नका लागि समर्थकहरु भने बिहान ३ बजेदेखि नै लाइनमा बसेका थिए ।

कप्तान रोहित शर्माले एयरपोर्टमा नै समर्थकहरुलाई टी-२० विश्वकपको ट्रफी देखाएका थिए । भारतीय टिम अहिले होटेलमा पुगेको छ ।

आजै बिहान ११ बजेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप विजेता खेलाडीहरुलाई भेट्ने कार्यक्रम रहेको छ भने खेलाडीहरु भिक्ट्री परेडमा पनि सहभागी हुने छन् । यस परेडका लागि खेलाडीहरु मुम्बईको वान्खडे स्टेडियम पुग्ने छन् ।