२८ असार २०८३, आइतबार

टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा, भारतका ६ खेलाडी सामेल

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । आइसीसीले टी-२० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ ।

आइसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेता देश भारतबाट कप्तान रोहित शर्मासहित ६ खेलाडी परेका छन् । जसमा कप्तान रोहितसहित सूर्यकुमार यादव, हार्दिक पाण्डेय, अक्सर पटेल, जसप्रित बुमराह र अर्शदीप सिंह रहेका छन् ।

त्यस्तै, विश्वकपको टिम अफ द टुर्नामेन्टमा अफगानिस्तानका तीन खेलाडी रहेका छन् । जसमा कप्तान राशिद खान, रहमतुल्लाह गुरबाज र फजाल्हक फारुकी रहेका छन् ।

त्यस्तै, वेस्ट इन्डिजका निकोलस पुरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस यस टिममा परेका छन् ।

त्यस्तै, यस टिमको १२औं खेलाडीको रुपमा उपविजेता बनेको दक्षिण अफ्रिकाका बलर एनरीक नोकिया रहेका छन् ।