
काठमाडौं, ११ असार । अफगानिस्तानले बंगालदेशलाई ११६ रनको लक्ष्य दिएको छ ।
जारी टी-२० विश्वकपअन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको हो ।
अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए ।
त्यस्तै, बंगलादेशका बलर रिशाद होसैनले ३ विकेट लिएका थिए ।
सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई यो खेल जित्न अनिवार्य छ ।
त्यस्तै, बंगलादेशले यो लक्ष्य १२.३ ओभरमा पूरा गरेमा सेमिफाइनलमा पुग्ने छ ।








प्रतिक्रिया