१३ असार २०८३, शनिबार

पार्टी सदस्यता नवीकरण र पालिका अधिवेशनको प्रतिवेदन उपलब्ध गराउन एमाले गण्डकीको निर्देशन

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ६ असार । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्ला र पालिका कमिटीहरुलाई पार्टी सदस्यता नवीकरण तथा विस्तार र पालिका कमिटी अधिवेशनको प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको छ ।

बिहीबार एमाले गण्डकी सचिव धनञ्जय दवाडीले एक विशेष निर्देशन जारी गर्नुहुँदै जिल्ला कमिटी र पालिका कमिटीलाई पार्टी सदस्यता नवीकरण तथा पालिका कमिटी अधिवेशनको प्रतिवेदन यही असार १५ गतेभित्र उपलब्ध गराउन भन्नुभएको हो ।

उहाँले पार्टी सदस्यहरुको नवीकरण गर्न थप गरिएको समय जेठ मसान्त समाप्त भएकाले नवीकृत सदस्यहरुको सूची र आर्थिक दायित्वसहितको प्रतिवेदन असार १५ गते भित्र प्रदेश कार्यालयमा बुझाइसक्न निर्देशन जारी गरिएको बताउनुभयो ।

यसैगरी, स्याङजा जिल्लाका वालिङ्ग नगरपालिका, गल्याङ नगरपालिका र विरुवा गाउँपालिका कमिटीका अधिवेशनबाहेक प्रदेशका सबै जिल्ला/पालिका/वडा/टोल अधिवशेनहरु २०८१ को सदस्यता नवीकरण गरी प्रमाणित गरेपछि मात्र अधिवेशन गर्न निर्देशन गरिएको छ । ‘जेठ मसान्त भित्र नै बैठक बसी मिति तय भैसकेका स्याङजा जिल्लाका वालिङ नगरपालिका, गल्याङ नगरपालिका र विरुवा गाउँपालिका कमिटीका अधिवेशन बाहेक अरु सबै जिल्ला/पालिका/वडा/टोल अधिवशेनहरु २०८१ को सदस्यता नवीकरण गरी प्रमाणित गरेपछि मात्र आयोजना गर्न निर्देशन गरिन्छ ।’ सचिव दवाडीले जारी गर्नुभएको विशेष निर्देशनमा भनिएको छ ।