२४ असार २०८३, बुधबार

जीबी राई मलेसियामा रहेको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ६ असार । चितवन पुगेर गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई मलेसियामा रहेको लोकेशन पत्ता लागेको बताउनुभएको छ ।

बिहीबार बिहान चितवन पुग्नुभएका गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको बताउनुभयो ।

उहाँले मलेसियाका गृहमन्त्रीसँग जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताउनुभयो । गृहमन्त्री लामिछानेले त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको र कोसिस जारी रहेको बताउनुभयो ।

गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेसियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो । तर औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेसियाले हालसम्म कुनै औपचारिक जवाफ दिएको छैन् ।