२५ असार २०८३, बिहिबार

नहरमा डुबेर बालकको मृत्यु

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ६ असार । कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीय बालक अबिरल चन्दको बुधबार मृत्यु भएको हो ।

ती बालक नहरको पानीमा पौडी खेल्ने क्रमामा डुबेर बेपत्ता भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा पौडी खेल्ने स्थानदेखि ६०० मिटर पूर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।