१५ असार २०८३, सोमबार

अनेरास्ववियु देशव्यापी प्रचार यात्रामा, झापाबाट सुरु भयो यात्रा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देशव्यापी प्रचार यात्रामा निस्किएको छ ।

प्रचार यात्राका अभियान कोशी प्रदेशबाट सुरु भएको छ । बुधबारबाट कोशी प्रदेश कमिटीको आयोजनामा दुई दिने प्रचार भेला सुरु गरिएको छ ।

झापाको बिर्तामोडमा आयोजना गरिएको भेला आजसम्म चल्ने छ । अनेरास्ववियुले भूगोलका सात प्रदेश र उपत्यका विशेष प्रदेश गरी आठवटै प्रदेशमा भेला गर्ने अनेरास्ववियु प्रचारप्रसार विभाग प्रमुख आरविक्रम ओखेडाले जानकारी दिनुभयो ।

भेलामा अनेरास्ववियुका विद्यार्थीलाई प्रचारका बारेमा विशेष प्रशिक्षण दिइएको छ । भेलामा विद्यार्थीहरूलाई सूचना प्रविधि, समाचार लेखन र सामाजिक सञ्जालका बारेमा अभिमुखीकरण गरिने छ । डिजिटल माध्यमहरूबाट प्रचारलाई व्यवस्थित र रचनात्मक बनाउन विद्यार्थीहरूलाई सहजीकरण गर्ने गरी प्रशिक्षण कार्यक्रम राखिएको अनेरास्ववियु कोशी प्रदेश प्रचारप्रसार विभाग प्रमुख नारायण पोखरेलले जानकारी दिनुभयो ।

अनेरास्ववियु अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा भएको कोशी प्रदेशको भेलाको उद्घाटन नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् जनसंगठन विभाग प्रमख भानुभक्त ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज विशाल भट्टराई, पार्टी केन्द्रीय सदस्य एवं विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्ल, एमाले झापाका नेताहरू दीपक कार्की, जिल्ला पार्टी अध्यक्ष प्रेम गिरीलगायते प्रचारको महत्वको बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल, अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्लीसहित अन्य सचिव, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, आयोग सदस्य, विभाग सचिवहरूको पनि उपस्थिति रहेको थियो ।

भेलामा आज पनि विभिन्न प्राविधिक विषयमा प्रशिक्षण गरिने अनेरास्ववियु प्रदेश कमिटी अध्यक्ष जीवी गजल खड्काले जानकारी दिनुभयो ।

पहिलो दिनको कार्यक्रममा समाचार, भिडियो, अनेरास्ववियुका समाचार गतिविधि, समाचार लेखन सम्बन्धी विषयमा अनेरास्ववियु प्रचारप्रसार विभाग सचिव सुसन धमलाले सहजीकरण गर्नुभएको थियो ।

यसैगरी, प्रचार यात्राका बारेमा प्रचार विभाग प्रमख ओखेडा, ग्राफिक्स डिजाइनका बारेमा अमिर श्रेष्ठ र ह्याजट्याग मोमेन्टका विषयमा प्रचारप्रसार विभाग उपप्रमुख मनिष प्याकुरेलले सहजिकरण गर्नुभएको थियो ।

आज एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले पार्टीको विगतको प्रचार र हालको प्रचार गतिविधिबारे प्रशिक्षण दिनुहुनेछ ।

यसैगरी, अफजल मियाँले सोसल मिडिया प्रिफेन्स, साइबर थ्रेट, प्रविधिको प्रयोगबाट लिन सकिने लाभको बारेमा प्रशिक्षण दिनुहुनेछ । दीपेन्द्र श्रेष्ठले इफेक्टिभ कम्युनिकेसन स्किल्स एण्ड पब्लिसिटी स्ट्याटिजीको बारेमा जानकारी दिनुहुने कार्यक्रम रहेको छ ।