३० जेष्ठ २०८३, शनिबार

कांग्रेस पदाधिकारीको भूमिका भ्रातृ संस्था गठन र पुनर्गठनमा मात्र सीमित भयो : गौतम

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । नेपाल तरुण दलका केन्द्रीय सदस्य भीमकुमार गौतमले पार्टीका गतिविधिप्रति असन्तुष्टि जनाउनुभएको छ । आज तरुण दलका नेताहरूसँगको छलफलमा कांग्रेस पदाधिकारीहरूले भ्रातृ संस्थाको गठन र पुनर्गठन बाहेक अरू काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

पार्टीका गतिविधिहरूलाई गतिशीलता दिनुपर्नेमा भ्रातृ संस्था गठन र पुनर्गठनमै कांग्रेस अल्झिएको उहाँको धारणा थियो ।

‘अब पनि हामी सानातिना कुरामा अल्झिनु हुँदैन । गतिशील कांग्रेस र समृद्ध देश निर्माणमा जुट्नुपर्छ । सरकारका गलत क्रियाकलापको जनतामा गएर भण्डाफोर गर्नुपर्छ । राम्रा काममा साथ दिनुपर्छ ।’ उहाँले भन्नुभयो ।

केही नेताहरूको स्वार्थगत राजनीतिका कारण भ्रातृ संस्थाहरू पनि गतिशील हुन नसकेको उहाँको गुनासो छ । पार्टीभित्रको गुटलाई अन्त्य गरेर अगाडि बढेमात्र कांग्रेस आफ्नो लक्ष्यमा पुग्न सक्ने उहाँको धारणा थियो ।