१५ असार २०८३, सोमबार

युरोकपमा टर्कीको विजयी सुरुवात

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । टर्कीले युरोकपमा विजयी सुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा टर्कीले जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

टर्कीको जितमा मेर्ट मूलडुर, अर्दा गुलेर र मोहमद केरेमले एक/एक गोल गरेका थिए ।

त्यस्तै, जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए ।

यो जितपछि टर्कीले समूह ‘एफ’मा महत्वपूर्ण जित हासिल गरेको छ । अब जर्जियाले जुन २२ मा चेक रिपब्लिकसँग खेल्दै छ भने सोही दिन टर्कीले पोर्चुगलको सामना गर्ने छ ।