१२ असार २०८३, शुक्रबार

विश्वकपमा लुकी फर्गुसनको नयाँ कीर्तिमान

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । टी–२० विश्वकपमा न्यूजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ । समूह ‘सी’को अन्तिम खेलमा न्यूजील्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुंगाएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनी १९।४ ओभरमा ७८ रनमा अलआउट भयो ।

७९ रनको लक्ष्य न्यूजिल्यान्डले १२।२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

न्यूजील्याण्डका बलर लुकी फर्गुसनले नयाँ कीर्तिमान बनाएका छन् । उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए । उनले आफ्नो कोटाका सबै चार ओभर मेडन बलिङ गरेर नयाँ कीर्तिमान बनाएका छन् ।

उनी टी–२० विश्वकपमा सबै चार ओभर मेडन बलिङ गर्ने पहिलो बलर बनेका छन् । उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए ।

साथै फर्गुसन टी–२० अन्तर्राष्ट्रिय खेलमा सबै मेडन ओभर बलिङ गर्ने भने विश्वकै दोस्रो बलर बनेका छन् । उनीभन्दा अगाडि क्यानडाका साद बिन जफरले पानामाविरुद्धको २०२१ मा खेलेको खेलमा चारै ओभर मेडन गरेर २ विकेट लिएका थिए ।

न्यूजिल्यान्ड यस विश्वकपमा सुरुका दुवै खेलमा हार बेहोरेपछि विश्वकपको सुपर आठमा पुग्न असफल भएको थियो ।