१८ असार २०८३, बिहिबार

टी-२० क्रिकेटमा सन्दीपको १०० विकेट पूरा

10.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरेका छन् ।

सन्दीपले जारी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पूरा गरेका हुन् ।

सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन् । उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको छ ।

राशिदले ५३ खेलमा सय विकेट लिएका छन् ।