८ असार २०८३, सोमबार

पार्टीमा पाएको जिम्मेवारी अर्थ राख्नेगरी पूरा गर्नुपर्छ : भानुभक्त ढकाल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीमा पाएको जिम्मेवारी अर्थ राख्नेगरी पूरा गर्नुपर्ने बताउनुभएको छ ।

एमाले बागमती प्रदेश कमिटीले आइतबार च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारीसहितको शपथग्रहण कार्यक्रममा बोल्दै ढकालले जिम्मेवारीबाट अलग भएपछि पदको महत्त्व बुझ्ने स्थिति आउनु नहुने बताउनुभयो । ‘जिम्मेवारीमा रहँदै जिम्मेवारी पूरा गर्नुपर्छ, जिम्मेवारीबाट अल्गिएपछि म गर्थेँ भनेर पनि पाइँदैन ।’ उहाँले भन्नुभयो ।

ढकालले देश र सन्ततिलाई हेरेर काम गर्नुपर्ने बताउनुभयो । पार्टीका नेताहरूले आज गरेको कामको प्रभाव भोलिका सन्ततिलाई पर्ने कुरा बिर्सन नहुनेमा ढकालले जोड दिनुभयो ।

पार्टी काममा के योगदान रह्यो भन्ने अर्थमा पार्टीका नेता कार्यकर्ताको कामलाई हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीमा राय बढाएर र कुरा काटेर पार्टी काम नहुने उहाँले प्रष्ट पार्नुभयो ।