७ असार २०८३, आइतबार

ऊर्जा क्षेत्रमा विदेशीलाई सहज हुने नीति बनाइयो : राजेन्द्र लिङ्देन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले उर्जा क्षेत्रमा  विदेशीलाई सहज हुने नीति बनाउँदै गएको आरोप लगाउनुभएको छ ।

आइतबारको प्रतिनिधि सभाको बेठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाँले नेपाली लगानीकर्तालाई प्रेरित गर्ने बजेट नआएको बताउनुभएको हो ।

उहाँले बजेटमा उर्जा क्षेत्रमा विशेष नीति ल्याउनुपर्नेमा विदेशीलाई मात्र लक्षित गरिएको भन्दै नेपाली लगानीमा उर्जा क्षेत्रमा आयोजना बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली लागानी कर्तालाई अप्ठ्यारो हुने किसिमका नीति बनाइएको र विदेशीलाई सहज हुने नीति बनाएको बताउनुभयो ।

उहाँले बुढीगण्डकी जस्तो बहुउद्देश्यीय आयोजनाका लागि प्रयाप्त बजेट नछुट्याएको आरोप लगाउँदै बुढीगण्डकी आयोजना कसरी अगाडी बढ्छ भन्ने स्पष्ट नभएको बताउनुभयो ।

अर्थमन्त्री र मन्त्रीहरुले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको बताउँदै उहाँले आफूले यो बजेट परिवर्तन नहुने र संसदमा रेकर्डको लागि बजेटमाथि असहमति राखेको बताउनुभयो ।