२६ असार २०८३, शुक्रबार

पुल बनाउन खनेको खाल्डोमा डुबेका बालकको शव फेला

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ असार । कास्की जिल्लाको पोखरा महानगरपालिका-३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

सोही ठाउँ बस्ने ९ वर्षिय गणेश विक असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्डोमा खसेका थिए । यसबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराइबाट निकालेको हो ।