२२ असार २०८३, सोमबार

गण्डकीमा एमाले सांसदलाई सोधियो स्पष्टीकरण

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । गण्डकीका एमाले सांसद गणेशमान गुरुङलाई पार्टीले स्पष्टीकरण सोधेको छ । प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण सोधिएको हो । उहाँलाई तीन दिनभित्र जवाफ दिन भनिएको छ ।

एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्वीप जारी गरेको थियो । तर, सांसद गुरुङ बैठकमा सहभागी हुनुभएको थिएन । नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किनुभएको थियो । संसदीय दलको ह्वीप विपरीतको कार्य गरेको भन्दै तीनदिने स्पष्टीकरण सोधिएको हो ।

त्यस्तै, गुरुङले भने आफू व्यक्तिगत कामका लागि बाहिर जानुपरेपछि बैठकबाट निस्किएको बताउनुभएको छ ।

प्रदेश सभामा आफ्ना कुरा राखेर बाहिरिनुभएका उहाँले पार्टीले ह्वीप जारी गरेको कुरा साँझपछि मात्र थाहा पाएको जिकिर गर्नुभएको छ ।