८ असार २०८३, सोमबार

कार्यपालिका सदस्यलाई बालेनको यस्तो चेतावनी

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नगरसभा स्थगित भएपछि आक्रोश पोख्नुभएको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बोलाइएको नगरसभाको बैठकमा कार्यपालिका सदस्यहरुले बहिस्कार गरेपछि मेयर शाह आक्रोशित हुनुभएको हो ।

मेयर शाहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिनुभएको थियो । तर कार्यपालिका सदस्यहरु बैठक बहिस्कार गरेर हिँडेपछि नगरसभाको बैठक असार १० गतेसम्मका लागि स्थगित भएको हो ।

बैठक स्थगित भएलगत्तै सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले अबको बैठकमा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिनुभएको छ ।

उहाँले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभएको छः

३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।
काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।
नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।
काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।