१८ असार २०८३, बिहिबार

बागमती नदी किनारमा युवकको शव फेला

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २ असार । रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका-५ पताहिटोल गढैयास्थित बागमती नदी किनारमा पानीले बगाएर ल्याएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय तराई मुलका युवकको शव नदी किनारमा घोप्टो परेको अवस्थामा शनिबार साँझ फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर प्रसाद गुप्ताको नेतृत्वको टोलीले शवको मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको रौतहट प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभयो ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको हुँदा मृतकलाई चिन्न सक्ने व्यक्तिलाई प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ ।