२८ जेष्ठ २०८३, बिहिबार

बढेर आयो बागमतीको बजेट

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेटको आकार बढाएर ल्याएको छ ।

संवैधानिक व्यवस्था अनुसार, शनिबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

कुल विनियोजनमध्ये पुँजीगततर्फ ३७ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ छुट्याएको मन्त्री थपलियाले जानकारी गराउनुभयो ।

त्यस्तै, प्रदेश सरकारले वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढाएर ल्याएको हो ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब ७७ करोड ९० लाख रुपैयाँ बजेट ल्याएको थियो ।

प्रदेश सरकारले सडक निर्माण, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता दिएको आर्थिक मामिलामन्त्री थपलियाले जानकारी दिनुभयो ।