४ असार २०८३, बिहिबार

गण्डकीमा राप्रपालाई रिझाउन पृथ्वीनारायण शाहको शालिकको लागि बजेट

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ असार । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरिएको छ ।

अर्थमन्त्री डा. टकराज गुरुङले प्रदेश सभामा ३२ अर्ब ९७ करोड बजेट सार्वजनिक गर्नुभएको हो । उहाँले चालूतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत छ भने पुँजीगततर्फ १९ अर्ब ५१ करोड अर्थात ५९ प्रतिशत बजेट विनियोजन गर्नुभएको छ ।

बजेटमा सरकारलाई विश्वासको मत दिएर सरकार बाहिर बसेको राप्रपालाई खुशी बनाउने प्रयास गरिएको छ । बजेटमा पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः ठड्याउने घोषणा गरिएको छ ।

अर्थमन्त्री गुरुङले पृथ्वीचोकमा शालीक निर्माण गर्ने र त्यसका लागि बजेट विनियोजन गर्ने घोषणा गर्नुभएको छ ।

पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायणको शालिक मजदुर आन्दोलनको क्रममा फालिएपछि राप्रपाले त्यहाँ पटक–पटक शालिक स्थापनाको माग गर्दै आइरहेको थियो ।