२३ असार २०८३, मंगलबार

काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उहाँले बताउनुभयो ।

शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताउनुभयो ।

आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ क डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।