
काठमाडौं, १ असार । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइसीसी टी-२० विश्वकपबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई कोशिस गर्नेको जित एकदिन अवश्य हुन्छ भन्नुहुँदै सान्त्वना दिनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्नुहुँदै अध्यक्ष ओलीले आजको नेपालको खेल आजसम्मकै उत्कृष्ट खेल भएकोसमेत उल्लेख गर्नुभयो ।
‘आजसम्मकै उत्कृष्ट खेल !! बधाई नेपाल !!! कोशिस गर्नेको जित एकदिन अवश्य हुन्छ ।’ अध्यक्ष ओलीले लेख्नुभएको छ ।
शनिबार बिहान विश्वकप क्रिकेटमा नेपाली टोली दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो । यो हारसँगै नेपालको सुपर आठ पुग्ने सम्भावना सकिएको छ ।
अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्ने छ ।








प्रतिक्रिया