
काठमाडौं, १ असार । अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान आइसीसी टी-२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।
समूह ‘ए’को खेलमा अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टससमेत हुन नसकी रद्द हुँदा दुवै टिमले एक-एक अंक बाँडे । यी दुई बीचको खेलको नतिजामा झिनो आशा राखेको पाकिस्तान भने खेल रद्द भएसँगै प्रतियोगिताबाटै बाहिरन पुग्यो ।
तालिकामा थप एक अंक जोडेसँगै अमेरिका विश्वकपको सुपर आठमा प्रवेश गरेको छ ।
जारी विश्वकपअन्तर्गत समूह ‘ए’मा रहेको भारतले तीन खेलमा छ अंक जोडेर सुपर आठमा यसअघि नै पुगिसकेको छ ।
चार खेल खेलेको अमेरिका पाँच अंकसहित दोस्रो स्थानमा रहेर सुपर आठमा प्रवेश गर्दा तीन खेल खेलेको पाकिस्तान दुई अंकसहित तेस्रो स्थानमा रहँदै एक खेल अगावै बाहिरिएको हो ।








प्रतिक्रिया