
काठमाडौं, ३२ जेठ । नेकपा (एमाले) रसुवा बागमती प्रदेशमा पार्टी संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने पहिलो जिल्ला बनेको छ ।
हालसम्म देशैभरका ७७ जिल्ला मध्ये तीन जिल्लाले सदस्यता नवीकरण सम्पन्न गरेकोमा बागमती प्रदेशमा रसुवा पहिलो जिल्ला बनेको हो । एमाले उदयपुर र गुल्मीपछि रसुवाले सदस्यता नवीकरण सम्पन्न गरेको हो ।
पार्टी केन्द्रीय संगठन विभागको निर्देशनअनुसार सदस्यता नवीकरण गर्नुपर्ने अन्तिम म्याद जेठ मसान्तसम्म रहेकोमा त्यसअघिनै जिल्लाको सदस्यता नवीकरण कार्य सम्पन्न गरिएको एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालले जानकारी दिनुभयो । उहाँकाअनुसार जिल्लाका २ हजार ८४२ जना पार्टी संगठित सदस्यले सदस्यता नवीकरण गर्नुभएको छ ।
अध्यक्ष ढकालका अनुसार नवीकरण भएका सबै सदस्यता पार्टी केन्द्रीय संगठन विभाग प्रमुख काशिनाथ अधिकारीलाई बुझाइएको छ ।








प्रतिक्रिया