
हेटौंडा । बागमती प्रदेश सरकारले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइज स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ स्विकृत गर्ने निर्णय गरेको छ । बैठकले बागमती प्रदेशको दोश्रो आवधिक योजना २०८१/८२ देखि २०८५/८६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया