२५ कार्तिक २०८३, बुधबार

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्ड अनुसार आउन प्रशासनको अनुरोध

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यलय, काठमाडौंले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले असक्त तथा जेष्ठ नागरिकलागायत सामजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समयबाट पालो आउने व्यवस्था गरिएको जानकारी दिँदै सोहीअनुसार कार्यलयमा आउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले विवरण दर्ता गर्न कोठा नम्बर १३५ बाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जानकारी गराएको छ ।