११ असार २०८३, बिहिबार

युभेन्टसको प्रशिक्षक बने थियागो मोटा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थियागो मोटा इटालीयन क्लब युभेन्टसको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

युभेन्टसले मासिमिलियानो एलेग्रीलाई हटाएर उनको ठाउँमा मोटालाई प्रशिक्षक बनाएको हो । युभेन्टसले एलेग्रीलाई यसअघि नै बर्खास्त गरेको थियो ।

मोटाले युभेन्टसमा २०२७ जुन ३० सम्मको सम्झैतामा हस्ताक्षर गरेका छन् । ४१ वर्षीय मोटा यसअघि इटालीकै अर्को क्लब बोलोग्नाको मुख्य प्रशिक्षक थिए ।

आफ्नो दोस्रो सिजनमै उनले गत वर्ष बोलोग्नालाई इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट गराउन सफल भएका थिए ।

ब्राजिल र इटालीको राष्ट्रिय टिमबाट खेलाडीको रुपमा खेलेका मोटाले व्यावसायिक फुटबल बार्सिलोना, पिएसजी, इन्टर मिलान जस्ता क्लबबाट खेलिसकेका छन् । उनले ब्राजिलका लागि २००३ मा २ खेल खेलेका थिए भने त्यसपछि उनी २०११ देखि २०१६ सम्म इटालीका लागि खेलेका थिए । इटालीको राष्ट्रिय टिमबाट ३० खेल खेलेका उनले एक गोलसमेत गरेका थिए ।