
काठमाडौं, ३१ जेठ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बसिरहेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या गरी तीन मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
बैठकमा सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्“ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ ।
सांसद डा. अमरेशकुमार सिंहले पनि “विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव सदनमा प्रस्तुत गर्दै हुनुहुन्छ ।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले ‘‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव राख्दा सांसद विना लामाले पनि “विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ ।
कांग्रेस सांसद कान्तिका सेजुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले उल्लेख गरेको छ ।
यसैगरी, राप्रपा सांसद ज्ञानबहादुर शाहीले “विनियोजन विधेयक, २०८१ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव सदनमा राख्दा सांसद सांसद रोसन कार्की र शान्ती विकले पनि ‘‘विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।









प्रतिक्रिया