
काभ्रे, ३१ जेठ । नेकपा (एमाले) काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी हुनुभएको छ । बुधबार अबेर मतदान सकिएकोमा ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अध्यक्षका अर्का प्रत्याशी चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गर्नुभयो । यसअघि भुर्तेल एमाले काभ्रेको सचिव हुनुहुन्थो भने लामा उपाध्यक्ष हुनुहुन्थो ।
उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव (महिला)मा सूर्यमाया दनुवार निर्वाचित हुनुभएको छ ।
६८६ जना प्रतिनिधि मध्ये ६७९ ले मतदान गरेका थिए । जिल्ला कमिटीमा ५ पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८० सदस्य, समावेशीतर्फ १३ सदस्य र खुलातर्फ ७ सदस्य गरी कुल १ सय ५ निर्वाचित भएका छन्।









प्रतिक्रिया