२२ जेष्ठ २०८३, शुक्रबार

कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्यमा ढकाल नियुक्त

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ३१ जेठ । कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्य पदमा भक्तबहादुर ढकाल नियुक्त हुनुभएको छ ।

कर्णाली प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई प्रदेश प्रमुख तिलक परियारले सदस्य पदमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख परियारले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ को उपदफा (४) बमोजिम सुर्खेतका ढकाललाई बुधबार सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि सदस्य रहेका भक्तबहादुर खड्का उमेर हदले अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त रहेको थियो ।