
हेटौंडा, ३० जेठ । अत्यधिक गर्मी बढेपछि मकवानपुरको हेटौंडा उपमहानगरका विद्यालयहरु दुई दिनका लागि बन्द हुने भएको छ ।
हेटौंडा उपमहानगरले गर्मीलाई मध्यनजर गर्दै भोलि बिहीबार र शुक्रबारका लागि विद्यालयहरुमा विदा दिएको हो ।
उपमहानगरले आज एक सूचना जारी गर्दै बर्खे विदाबाट कट्टी हुनेगरी दुई दिन विद्यालय बन्द रहने जानकारी गराएको छ ।










प्रतिक्रिया