२९ जेष्ठ २०८३, शुक्रबार

एमाले उदयपुरको आठै पालिकामा एकसाथ अधिवेशन सम्पन्न

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी, उदयपुर, ३० जेठ । नेकपा (एमाले) उदयपुरले आफ्नो आठै पालिकाको एकसाथ अधिवेशन सम्पन्न गरेको छ ।

एमाले उदयपुरको नवौं अधिवेशनमार्फत नयाँ नेतृत्व आएसँगै पार्टीलाई नयाँ उचाई दिने सोचका साथ एमाले उदयपुरले आफ्नो गतिविधि सुरु गरेको भन्दै अध्यक्ष भागवत राउतले जिल्लाका आठै पालिकामा एक साथ अधिवेशन सफल रुपमा सम्पन्न गरिएको बताउनुभयो ।

जेठ २५ गते जिल्लाका आठै पालिकामा एक साथ उद्घाटन भएको दोस्रो अधिवेशनले केही पालिकामाबाहेक सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको एमाले उदयपुरले जनाएको छ ।

पालिका अधिवेशनअन्तर्गत जिल्लाको चार नगरपालिका मध्ये बेलका नगरपालिकामा अध्यक्षमा हिराजंग राई सर्वसम्मत चयन हुनुभयो भने उपाध्यक्ष, सचिव र उपसचिवमा भने निर्वाचन भएको थियो । बेलकामा सदस्यहरुसमेत सर्वसम्मत हुँदा ७५ सदस्सीय नगर कमिटी गठन भएको थियो ।

चौदण्डीगढी नगरपालिकामा भने पदाधिकारीमा मात्र निर्वाचन हुँदा सदस्यहरु सर्वसम्मत चयन भएका थिए । चौदण्डीगढीको अध्यक्षमा विकास बन्जारा निर्वाचित हुँदा ७५ सदस्सीय नगर कमिटी निर्माण भएको थियो ।

जिल्लाको सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकामा भने लामो छलफल र संवाद पश्चात नेतृत्वले पदाधिकारी र सदस्य सर्वसम्मत चयन गर्न सफल भएको थियो । त्रियुगामा विश्वराज भट्टराई अध्यक्ष ७५ सदस्सीय कमिटी चयन भयो । कटारी नगरपालिकामा पनि नेत्र श्रेष्ठको अध्यक्षतामा ७५ सदस्सीय नगर कमिटी सर्वसम्मत चयन भएको थियो ।

जिल्लाका चार गाउँपालिका मध्ये ताप्ली गाउँपालिकामा अध्यक्ष बाहेक पदमा सर्वसम्मत कमिटी चयन हुँदा अध्यक्षमा तोपबहादुर ठकुरी निर्वाचित हुनुभयो । उहाँको नेतृत्वमा ३५ सदस्सीय पालिका कमिटी गठन भएको थियो ।

लिम्चुङबुङ गाउँपालिकामा ज्ञानबहादुर राईको अध्यक्षतामा सर्वसम्मत रुपमा ३५ सदस्सीय पालिका कमिटी चयन भएको थियो । रौतामाई गाउँपालिकामा ललित मगरको अध्यक्षतामा ७५ सदस्य सर्वसम्मत कमिटि चयन हुँदा उदयपुरगढी गाउँपालिका यम्बरबहादुर खत्रीको अध्यक्षतामा ५७ सदस्सीय पालिका कमिटी चयन भएको एमाले उदयपुरका उपसचिव हेम खड्काले जानकारी दिनुभयो ।

एमाले उदयपुरका सचिव टेकबहादुर राउतका अनुसार जिल्लाका ७५ वटै वडामा एकसाथ यही जेठ ३१ र असार १ गते वडा अधिवेशनसमेत सम्पन्न हुनेछ ।