२ श्रावण २०८३, शनिबार

महोत्तरीमा बोक्सी आरोपमा महिला कुटिइन्

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ३० जेठ । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।

भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपिट भएको हो ।

कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधामस्थित काव्या अस्पतालमा भइरहेको छ ।

गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमै पसेर आफूमाथि कुटपिट गरेको उहाँको आरोप छ ।

महोत्तरी प्रहरीले भने घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।