७ असार २०८३, आइतबार

टी-२० विश्वकप : वर्षाका कारण नेपाल र श्रीलंकाबीच हुने खेलको टस हुन सकेन

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा वर्षाको कारण नेपाल र श्रीलंकाबीच हुने खेलको टस हुन सकेको छैन् ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने खेल वर्षाको कारण टस हुन नसकेको हो ।

नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुने खेल वर्षाको कारण टससमेत हुन नसकेको हो ।

यसैबीच, अहिले वर्षा रोकिएको छ । अब मैदानको निरिक्षण हुनेछ ।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

समूह चरणका चार खेलमध्ये पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा जित निकाल्ने दाउमा छ भने श्रीलंकाले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ ।

समूह ‘डी’मा रहेको नेपाल यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंका दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।