सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

जसपा नेपालको बन्दसत्र सुरु

दैनिक नेपाल २०८१ जेठ २९ गते ११:२०

काठमाडौं, २९ जेठ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्दसत्र सुरु भएको छ ।

जनकपुरस्थित तिरहुतियाधाममा सोमबार उद्घाटन गरिएको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिनेछ ।

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुनेछ । २०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ ।

हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ । तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ । त्यसअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत २०१ सदस्य चयन गर्ने तयारी छ । महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ ।

सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा हुने जसपा नेपालले जनाएको छ ।

केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव पुनः दोहोरिने सम्भावना छ । अन्य पदमा भने प्रतिष्पर्धा हुनेछ । २०६३ मा मधेशी जनअधिकार फोरम गठन भएदेखि नेतृत्वमा रहनुभएका उपेन्द्रले यसपालि पहिलो पटक महाधिवेशनको सामना गर्न लाग्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित