१० असार २०८३, बुधबार

बस र पिकअप ठोकिँदा १ को मृत्यु, ८ जना घाइते

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २९ जेठ । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रुबाहक बस र पिकअप ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ५ः३० बजे काठमाडौंबाट  सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिकअप एक आपसमा ठोकिँएका थिए ।

दुर्घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटनास्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिष भण्डारीले बताउनुभयो ।

ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो ।

घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।