३ श्रावण २०८३, आइतबार

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अध्यक्षमा घिमिरे निर्वाचित (मतपरिणामसहित)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अध्यक्षमा गोविन्दप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ ।

कमिटीको दोस्रो जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । उहाँले ८९ मत पाउँदा उहाँका प्रतिस्पर्धी यमप्रसाद तिवारीले पनि ८९ मत पाउनुभएको थियो । दुवै उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट घिमिरे निर्वाचित हुनुभएको हो ।

यसैगरी, उपाध्यक्षमा माधव भट्टराई, सचिवमा राजेन्द्र भण्डारी, उपसचिवमा मनिषा सुब्बा, जीवन थापामगर निर्वाचित हुनुभएको छ ।