३२ असार २०८३, बिहिबार

वीरगञ्जमा एक जनाको शव फेला

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २९ जेठ । वीरगञ्जमा एक जनाको शव फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका-११ रानिघाट नजैकै सिर्सिया नदीमा सोमबार दिउँसो एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ५० वर्षजस्तो देखिने पुरुषको शव नदीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई नियन्त्रणमा लिइ पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएकोमा शवको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।