
काठमाडौं, २८ जेठ । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट पाँचके’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ ।
बैंकले यस वर्षको विश्व वातावरण दिवसको ‘हाम्रो भूमि, हाम्रो भविष्य’भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५ पाँच विरुवा रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखि ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरूमार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकॊ सहकार्यमा करिब ६ हजार विरुवाहरू रोपेको छ ।
यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको बैंकले जनाएको छ ।
प्रोजेक्ट पाँचकेसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो एभोइडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो ।










प्रतिक्रिया