
काठमाडौं, २८ जेठ । बझाङमा तालिमका क्रममा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
प्राकृतिक विपद्का बेला हुने उद्धारको नमूना अभ्यास गर्ने क्रममा सोमबार बिहान केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो ।
सदरमुकाम चैनपुर नजिकै सेती नदीमा भइरहेको अभ्यासका क्रममा धामी बेहोस हुनु भएको थियो । उहाँको अस्पताल लाने क्रममा मृत्यु भएको हो।









प्रतिक्रिया